०७ बैशाख २०८१, शुक्रबार
Tags

इटहरीमा चोरेको मोटरसाईकल जोगवनीमा बेच्दै गर्दा पक्राउ

रणभूमी बुधबार, मंसिर ०८, २०७८

बिराटनगर / मंसिर ८, नेपाल बाट मोटरसाइकल चोरी गरेर भारतकाे जोगबनीमा बेच्दै गरेको अवस्थामा सिमा प्रहरी चौकी रानीको टोलिले एक जना मानिसलाई बेच्दै गरेको चोरीको मोटरसाइकल सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

४/५ दिन अगाडी इटहरी बाट चोरी भएको बा ९४ प ९९२६ नं. को एफजेड मोटरसाइकल हराएको सूचना जानकारीमा रहेको र एक नेपाली नम्बरको मोटरसाइकल भरतको जोगबनीमा बेच्नको लागि डिल गर्दै गरेको सूचना पाएपछी सिमा प्रहरी चौकी रानी रानी बाट प्रनानी दिल्ली बहादुर देवकोटाको नेतृत्वमा रहेको प्रसनी उपेन्द्र यादवले भारतिय प्रहरीको सहयोगमा मोटरसाइकल सहित मानिसलाई पक्राउ गरेकाे हाे । डिल गर्दै गरेको सूचना पाएपछी यादव सहितको टोलीले चोरी भएकै नम्बर भएको मोटरसाइकल भेटेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति ताप्लेजुङ जिल्ला बस्ने सन्तोष खड्का नाम रहेको र नेपाल बाट मोटरसाइकल चोरेर जिकोहिले सजिलै भरतमा बेच्ने आट गर्न सक्दैन यो एउटा चोरहरुको गिरोहको सदस्य मध्ये एक भएको हुनसक्ने हुनाले थप आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको सिमा प्रहरी चौकी रानी इन्चार्ज दिल्ली देवकोटाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्