१४ बैशाख २०८१, शुक्रबार
Tags

भैरहवा विमानस्थलको भवनमाथि चिनियाँ झण्डाको विरोध गर्दै नेपाल जनता पार्टी द्वारा जारी प्रेस विज्ञप्ति

राजेश कुमार शर्मा बुधबार, मंसिर १५, २०७८

काठमाडौं / मंसिर १५, नेपाल जनता पार्टीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीको भैरहवा विमानस्थलको टर्मिनल भवनमाथि चिनियाँ झण्डा फहराइएकोको घटनाप्रति आपत्ति प्रकट गरेको छ।

नेपाल जनता पार्टीले एक बिज्ञपति प्रकाशित गरी राष्ट्रवादको झुटो नारा दिएर नेपाली जनतालाई मूर्ख बनाउन कहिल्यै नथाक्ने सत्तारुढ र विपक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टीहरुको यस घटना प्रतिको प्रकट मौनता अप्रकट हर्षोल्लास भएको आरोप समेत लगाएको छ।

अगाडी भनेको छ , नेपाल जनता पार्टी क्षुब्ध एवं आक्रोशित बनेको छ। त्यसरी चिनियाँ झण्डा फहराएर गरिएको स्वागतलाई राष्ट्रपति भण्डारीले जसरी सहजतासाथ स्वीकार गर्नु भयो, त्यो देश प्रतिको गद्दारीको सबै भन्दा ठूलो र ज्वलन्त प्रमाण हो भन्ने हाम्रो ठहर छ। आजको मिति सम्म पनि राष्ट्रपति वा उहाँको कार्यालयले उक्त घटनाको विरोध नगरेकोबाट सो घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको छ ।

नेपाललाई कम्युनिष्ट चीनको पोल्टामा हाल्ने नेपाली कम्युनिष्टहरुको चाहना, चौतर्फी प्रयास र साझा षडयन्त्रलाई राष्ट्रपतिको पदमा रहेर पनि पार्टी राजनीति गर्न तत्पर रहने विद्यादेवी भण्डारीको माध्यमबाट यस घटनाले उदांग पारेको हाम्रो ठहर छ ।
चीनका पोष्यपुत्र नेपाली कम्युनिष्टहरु जसले माओ त्से तुङलाई आफ्नो अध्यक्ष मानेर नेपालमा कम्युनिष्ट पार्टी खोलेका थिए, नेपाललाई चीनको संरक्षित राज्य बनाउने साझा अभियानमा वर्षौं देखि काम गरी रहेका छन् । राष्ट्रपति बन्नु भन्दा अघिल्लो दिन सम्म कम्युनिष्ट नेत्री रहेको र त्यस पछि पनि कम्युनिष्टको गुटगत राजनीतिमा संलग्न रहँदै आएको भण्डारीको माध्यमद्वारा यस घटना मार्फत उनीहरुले आफ्नो देश बेचुवा, राष्ट्रघाती चरित्र छर्लंग पारेका छन् । राष्ट्रवादको झुटो नारा दिएर नेपाली जनतालाई मूर्ख बनाउन कहिल्यै नथाक्ने सत्तारुढ र विपक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टीहरुको यस घटना प्रतिको प्रकट मौनता अप्रकट हर्षोल्लास यसको थप प्रमाण हो। कम्युनिष्टहरुको बैसाखीमा अडिएको कांग्रेस नेतृत्वको सरकारको लाचारीपूर्ण मौनता अर्को दुर्भाग्य हो ।

नेपाल जनता पार्टी, राष्ट्रपतिको यो अक्षम्य अपराध र गद्दारीका निम्ति सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग मार्फत तत्काल अपदस्थ गरोस् र कम्युनिष्ट चीन सरकारलाई कडा चेतावनी देओस् भन्ने माग गर्दछ। प्रजातन्त्र प्रेमी एवं राष्ट्रवादी नेपाली जनता चीनको उक्साहट र सक्रियता तथा नेपाली कम्युनिष्टहरुको समर्थनमा भएको यस राष्ट्र विरोधी कार्यलाई कदापि सहन तयार छैनन् । चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल प्रतिनिधी पहिला पहिला नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको विरोधमा हामी विरोध गरेका थियौं तर उनी त नेपाललाई तिब्बत पो बनाउन थालेको रहेछिन् । वहाँलाई नेपाल सरकारले पर्सना नन ग्रेटाद्वारा नेपालबाट निकाल्न जोरदार माग गर्दछ । नेपाल जनता पार्टी प्रजातन्त्र एवं राष्ट्रियताको पक्षमा नेपाली जनतासँग काँधमा काँध मिलाएर संघर्ष तथा नेतृत्व गर्न सधैं तत्पर छ । नेपालमा चीनको पोल्टामा सुम्पन चाहने नेपाली कम्युनिष्टहरुबाट नेपाललाई मुक्त गराउनु नै आजको पहिलो आवश्यकता हो ।

यहाँ कमेन्ट गर्नुहोस्