१६ चैत्र २०८०, शुक्रबार
Tags

चोरी भएको २२ घण्टा नबित्दै चोर सहित बुलेट पक्राउ

रणभूमी बुधबार, मंसिर २९, २०७८

बिराटनगर / मंसिर २८, कोशी अस्पताल बाट चोरी भएको बुलेट मोटरसाईकल बेच्न भारतकाे जोगबनी लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

कोशी अस्पातालको डा. क्वाटर बाट आईतवार बेलुका चोरी भएको को २५ प ५०२४ नम्बरको रोयल इफिल्ड बुलेट मोटरसाइकल हराएको २२ घण्टा नबित्दै अस्थाई प्रहरी पोस्ट मटीयारुवा बाट प्रसनी नवराज कार्कीको नेतृत्वमा खटेको टोलीले चोर सहित मोटरसाइकल पक्राउ गरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

चोरीको सूचना पाए देखि प्रत्येक मोटरहरुलाई निगरानी गर्ने क्रममा नेपाल भारत सिमा दशगजा बाट पक्रन सफल भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित चोरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानी हुँदै जिल्ला प्रहरी कार्यालय मोरङलाई जिम्मा लगाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्