१५ बैशाख २०८१, शनिबार
Tags

रेलयात्रु नेपालीहरूको सुविधाको लागि ज्ञापन पत्र

रणभूमी बुधबार, मंसिर २९, २०७८

बिराटनगर / मंसिर २८, नेपाल बाट भारतको बिभिन्न ठाउँहरुमा रेल यात्रा गरेर जाँदा नेपाली यात्रुहरुलाई हुने असुविधालाई मध्यनजर गर्दै नेपाल भारत रेलयात्री सहजिकरण परामर्श यात्री समितिले जोगबनी रेलवे प्रसाशनलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल बाट दैनिक हजारौं नेपाली नागरिक जोगबनी भएर रेल यात्रा गर्दै भारतको बिभिन्न ठाउँहरुमा तीर्थयात्रा, भ्रमण, रोजगार, अध्यनको निम्ती जाने नेपालीहरूको सुविधाको निम्ती सहजिकरण परामर्श यात्री समितिले ज्ञापन पत्र बुझाएको हो ।

नेपाल भारतको अंतरराष्ट्रीय सीमामा अवस्थित जोगबनी रेलवे स्टेशन हुँदै नेपाल बाट जाने यात्रु सहित स्थानीय रेल यात्रिलाई जोगबनी बाट लामो दूरीको रेल नहुनुको कारण बाट हुने असुविधा र समस्याहरूलाई लिएर नेपाल भारत रेलयात्री सहजिकरण परामर्श यात्री समितिले मंगलवार जोगबनी रेलवे स्टेशनको प्रबंधक र स्टेशन मास्टर मार्फत मंडल रेल प्रबंधक कटिहार, रेल महाप्रबंधक मालेगांवको नाममा ज्ञापन पत्र बुझाएको हो ।

यात्री परामर्श समितिले राखेको मांगहरु नेपाल भारत रेलवे सहजिकरण यात्री परामर्श समितिबाट पप्पू अंसारी, गणेश कुमार साह , पवन कुमार साह , राजेश कुमार शर्मा, सुदीप भारती लगायतले दिएको ज्ञापन पत्रमा नेपालको नागरिकहरुको रेल यात्रा अवधिमा वा बेला बेलामा रेलवे परिसरमा हुने असहज स्थितिको समन्वय गरी समाधानको लागि विभिन्न समस्याहरुको ध्यानाषर्ण गराउँदै धार्मिक यात्राको लागि अतिमहत्वपूर्ण वा
दुई देश बीचको रेलयात्रीहरुको साझा विरासत सँग जोडिएर जोगबनी प्रयागराज एक्सप्रेस र कटिहार टाटा एक्सप्रेसलाई जोगबनी देखी कटिहार टाटा एक्सप्रेसको संचालन गर्नुपर्ने,
जोगबनी रेलवे स्टेशनमा बहुभाषी पूछताछ केन्द्रको स्थापना हुनुपर्ने , महिला यात्रियों के सुरक्षाको लागि वा कुनै आपतकालीन स्थितिमा सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनुपर्ने मांग सहित अन्य जनसरोकारको मुद्दाहरु सँग संबंधित ज्ञापन पत्र बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्