०४ बैशाख २०८१, मंगलबार
Tags

बिओपी रानी द्वारा ठुलो परिमाणमा हार्डवेयर सामान र राजनिगन्धा भन्सार दाखिला

रणभूमी बुधबार, पुष ०७, २०७८

विराटनगर / पौष ७, भारत बाट भन्सार छल्न क्यारिंग वालाको माध्यम बाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको ९ लाख २९ हजार बराबरको अवैध सामानहरु सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको टोलीले हिजो र आज गरी अवैध रुपमा नेपाल ल्याउँदै गरेकाे ठुलो परिमणमा हार्डवेयर सामान र रजनिगन्धा ल्याउन प्रयोग भएको मोटरसाईकल तथा स्कुटी नियन्त्रणमा लिई भन्सार दाखिला गरेको हो ।

अाज विहान करिब ७ बजेको समयमा जोगबनी बाट क्यारिँग वालाहरुको मदतले भन्सार छली गरी दक्षिण गेटको बाटो भएर पाँच वटा कार्टुनमा नेपाल ल्याउन लागेको हार्डवेयरको सामान धारा एँगलकक, वाल मिक्सर लगायतका सामानहरू सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेकाे थियाे । क्यारिंग वालाहरुले रेलवे मैदान हुँदै बिराटनगर-१६ स्थित दक्षिण गेटमा भण्डारण गरी पायक परेको समयमा नेपाल ल्याउने किसिमले ल्याउँदै गर्दा दशगजा क्षेत्रबाटै पक्राउ गरेको हो । क्यारिंग गर्ने टोलीले सशस्त्र प्रहरीलाई देखेपछि सामान दशगजामै छाडेर भारत तिर भागेको स्थानियहरु बताउँछन् । बजार मूल्य धेरै भएपनि भन्सार दाखिला गर्दाको उक्त सामानहरूको मूल्यांकन ५ लाख ५७ हजार रुपैयाँ कायम गरिएको हो ।

त्यसैगरी हिजो दुई अलग अलग ठाउँबाट मोटरसाइकल र स्कुटी ल्याउँदै गरेको ठुलो परिमाणमा रजनीगन्धा र तुलसी बिअाेपी रानी कै टोलीले पक्राउ गरी मोटरसाइकल र स्कुटी सहित भन्सार दाखिला गरेको छ । जसको भन्सार मूल्य रु. ३ लाख ५४ हजार रुपैयाँ मूल्यांकन गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्