०७ बैशाख २०८१, शुक्रबार
Tags

अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

रणभूमी बिहिबार, पुष १५, २०७८

काठमाण्डौ / पौष १५, अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको अवैध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छाला सहित ४ जनालाई पक्राउ गरेकाे छ ।

काठमाण्डौको बसुन्धारा एरियामा केहि व्यक्तिहरुले अवैध रुपमा अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखा बाट खटिएको विशेष टोलीले निगरानी राखी खोजतलास गर्ने क्रममा मिति पौष १३ गते दिउँसो काठमाण्डौको बसुन्धरा स्थित द मयुर क्याफेबाट ४ जना व्यक्तिलाई अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला ३० लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेका हरुमा जिल्ला धादिङ गंगाजमुना गा.पा. ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९ को निर बहादुर घले, जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गा.पा वडा नं. १३ घर भई हाल काठमाण्डौ कलंकी बस्ने बर्ष २५ को सुरेश गिरी, जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष ३१ को कृष्ण बहादुर तामाङ र जिल्ला ओखलढुंगा मानेभञ्ज्याङ गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष २९ को मोहनकर्ण कार्की रहेका छन् । उनीहरूको साथबाट दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला ४ थान पक्राउ गरेकाे थियाे ।

उक्त छाला राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्