१५ चैत्र २०८०, बिहिबार
Tags

कोरोनाको तेश्रो लहर – बढ्दो संक्रमण न्यूनीकणका लागि बिहारमा रात्रि कर्फ्यू घोषणा

राजेश कुमार शर्मा मंगलबार, पुष २०, २०७८

भारत / पौष २०, बिहारमा कोरोनाको तेस्रो लहरलाई ध्यानमा राख्दै मुख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा कोरोनासंकट व्यवस्थापन समूहको बैठक बसी रात्रिकालीन कर्फ्यू घोषणा गरेको छ ।

बैठकमा उपमुख्यमन्त्री र अन्य मन्त्रीहरु बाहेक सबै उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । आज बसेको संकट व्यवस्थापन समूहको बैठकले राति कर्फ्यु लगाउने निर्णय गरेको हो । राती कर्फ्यू राज्यमा जनवरी ६ देखि जनवरी २१ सम्म लागू हुनेछ। जुन राति १० बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ । यसका साथै सबै जिम मल र पार्क बन्द गर्ने निर्णय गरिएको छ ।

प्रदेशमा कोरोनाका बढ्दो संख्यालाई मध्यनजर गर्दै प्रदेश सरकार (विपद् व्यवस्थापन समूह)को बैठकले यी निर्णय गरेका हुन । अत्यावश्यक सेवा बाहेकका सबै पसल बिहान ८ बजेसम्म खुला रहने र राति १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि निषेधाज्ञा जारी,. कक्षा ९, १०, ११ र १२ का कक्षाहरू र सबै कलेजहरू ५० प्रतिशत उपस्थितिका साथ खुल्नेछन्। अनलाइन कक्षाहरूलाई प्राथमिकता दिइनेछ। कक्षा ८ सम्मका सबै कक्षाहरू अनलाइन मात्रै सञ्चालन हुनेछन् । कोचिङ क्लास ९, १०, ११, १२ को लागि ५० प्रतिशत उपस्थितिको साथ खुल्नेछ। सबै सरकारी तथा गैरसरकारी कार्यालय ५० प्रतिशत हाजिरीका साथ खुल्नेछन् । कार्यालयमा बाहिरका व्यक्तिलाई प्रवेश निषेध गरिनेछ। अर्को आदेश नभएसम्मका लागि सबै पूजास्थलहरू भक्तजनका लागि बन्द रहनेछन्। पुजारीहरूले मात्र पूजा गर्न सक्छन्। सिनेमा हल/जिम/पार्क/क्लब/स्टेडियम/स्विमिङ पुलहरू पूर्ण रूपमा बन्द हुनेछन् रेस्टुरेन्ट/ढाबा आदि ५०% क्षमतामा खुल्नेछन्। विवाहमा अधिकतम ५० जना र अन्तिम संस्कारमा २० जनालाई अनुमति दिइनेछ। सबै राजनीतिक/सामुदायिक/सांस्कृतिक सार्वजनिक कार्यक्रमहरूमा अधिकतम ५० जनालाई अनुमति दिइनेछ। तर यसका लागि जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ । सपिङ मलहरू पूर्ण रूपमा बन्द हुनेछन्।

यहाँ कमेन्ट गर्नुहोस्