१३ बैशाख २०८१, बिहिबार
Tags

भाजपा जिल्ला मन्त्रीले विराटनगरका मेयरसँग शिष्टाचार भेट घाट

राजेश कुमार शर्मा सोमबार, माघ २४, २०७८

विराटनगर / माघ २४, विराटनगरका मेयरलाई भाजपा जिल्ला मन्त्री रोहित यादवले शिष्टाचार भेट गरी पुष्पगुच्छा र शाल स्वागत गरेका छन् ।

भेटमा विराटनगरका मेयर भीम पराजुलीले जोगबनी नगरपालिकामा हुन लागेको अध्यक्षको निर्वाचनका सम्बन्धमा सीमावर्ती सहर भएकाले मित्रराष्ट्र नेपालसँग जोडिएको हुनाले यस क्षेत्रको प्रतिनिधित्व दुवैतर्फको सदस्यबाट हुनुपर्ने बताए । रोटी बेटीको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालबाट आउने नेपाली नागरिकलाई आफू छिमेकी मुलुकमा नभएर आफ्नै घरमा भएको अनुभूति गर्ने गरी जोगबनी सहर बनाउन सकिन्छ । सोही अवसरमा धेरै विषयमा छलफल भएको थियो । भेटमा नेपाली कांग्रेसका एक नम्बर प्रदेश सदस्य तथा युवा नेता राजेश गुप्ता, प्रवीण जोशी, अरुण न्यपाने, भाजपा प्रदेश कार्यसमिति किसान मोर्चाका अविनाश झा, भाजपाका सोनु पटेल, नवीन यादव, राकेश राणा, रामकुमार यादवलगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्