०७ बैशाख २०८१, शुक्रबार
Tags

चार वर्ष देखिको सम्बन्ध दाईजोको निहुँमा शारीरिक दुर्व्यवहार र यातना

राजेश कुमार शर्मा बुधबार, माघ २६, २०७८

बिराटनगर / माघ २६, मोरङ जिल्ला जहदाकी एक युवतीले बिहार का अररिया जिल्लाको बथनाहा सोनापुर पञ्चायतको कोचगामा वडा नं १८ का श्रीराम मण्डल नामका युवकमाथि शारीरिक दुर्व्यवहार र यातना दिएको आरोप लगाएकी छन् ।

पीडितले बथनाहा प्रहरीमा दिएको निवेदनमा स्थानीय पञ्च पनि घटनाको पुष्टि र बयान दिएका छन् । सोही क्रममा पीडित युवतीले श्रीराम मण्डलसँग विगत चार वर्षदेखि सम्बन्ध रहेको र मन्दिरमा विवाह गरेपछि श्रीमान्–श्रीमतीजस्तै बस्दै आएको बताइन् । तर जब मैले उसलाई मेरो घरमा मसँगै बस्न आग्रह गरे, उसले मानेन । यस विषयमा म स्थानीय समाजमा गएपछि उनीहरुको दबाबमा श्रीराम मण्डलले मलाई आफ्नो घरमा ल्याए तर यहाँ आएपछि मलाई कुटपिट गरी फेरि घरबाट निकालिदिए र म तिमीलाई आफ्नो घरमा नराख्ने भने भन्दै घरबाट निकालिदिए र पहिले गएर आमाबाट दाइजोको पैसा ल्याऊ भने । पीडितले म गरिब परिवारको हुँ, बुवा पनि नभएको र सहारासमेत नरहेको बताइन् । पीडितले न्याय पाउनका लागि बथनाहा ओपीका अध्यक्षलाई निवेदन दिएकी छन् । यता ओपीका अध्यक्ष नन्दकिशोर नन्दनले निवेदकको निवेदन पाएलगत्तै पुलिस सअ .नी. छोटेलाल चौहानलाई आरोपितको घरमा छानबिन गर्न पठाइएको बताए । दोषी पाइएमा उचित कारबाही हुनेछ

यहाँ कमेन्ट गर्नुहोस्