१६ चैत्र २०८०, शुक्रबार
Tags

भारत बाट ल्याउदै गरेकाे अवैध कुखुरा पक्राउ गरी इप्रकाले गर्यो नष्ट

रणभूमी बिहिबार, फाल्गुण १९, २०७८

बिराटनगर / फाल्गुन १९, मोरङ्ग जिल्लामा केही दिन अगाडि देखिएको वर्डफ्लुको कारण नजिकिदै गरेको होली पर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय रानीको टोलीले भारत बाट हुने अवैध कुखुराको चोरी पैठारीलाई निरूत्साहित गर्न निगरानी कडा पारेको बेला १ सय किलो भन्दा बढी कुखुरा नियन्त्रणमा लिई नष्ट गरेका छन् ।

आज दिउसो भारतको जोगबनी बाट खुला नाकाको फायदा उठाउदै झोलामा हाली साईकलमा नेपाल तर्फ व्यापारिक प्रयोजनको लागि ल्याउँदै गरेकाे अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले ४० थान जिउँदो तथा मारेको कुखुराहरु पक्राउ गरेको थियो । पक्राउ परेका कुखुराहरु पशु क्वारे्टाइनको निर्देशनमा ५ फिटको खाल्डो खनी कुखुराहरुलाई मारेर नुन हाली नष्ट गरेकाे इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

चाड पर्वमा वर्डफ्लुको उच्च जोखिमलाई मध्यनजर राख्दै इलाका प्रहरी कार्यालय रानीले भारतिय कुखुरा तथा सेतो अण्डा नल्याउन स्थानिय तथा मासु व्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् । थोरै मात्रामा भएपनि भारत बाट कुखुराको मासु वा अण्डा ल्याए जफत गरेर नष्ट गर्ने चेतावनी पनि दिने गरेकाे स्थानीयहरू बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्