०७ बैशाख २०८१, शुक्रबार
Tags

बिहार सरकारको मुख्य सचिवले गरे विराटनगर नजिकको नेपाल–भारत खुला सीमा निरीक्षण

राजेश कुमार शर्मा शनिबार, फाल्गुण २१, २०७८

बिराटनगर / फाल्गुन २०, भारतकाे विहार राज्य स्थित नेपालको बिराटनगर सँग सिमा जोडिएको जोगबनीमा भएको नेपाल-भारतको खुला सीमामा बिहार सरकारको मुख्य सचिव
अनुगमन गरेको छ ।

शनिबार केन्द्रीय निषेधाज्ञा उत्पादन तथा पञ्जीकरणका अतिरिक्त मुख्य सचिव के के पाठकले जोगबनी पुगेर नेपाल–भारत सीमाको निरीक्षण गरेका हुन् । सो अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै अररियाका जिल्ला मजिस्ट्रेट प्रशान्तकुमार सीएचले मुख्य सचिवको जोगबनी भ्रमणको उद्देश्य निषेधाज्ञा कानूनलाई प्रभावकारी बनाउन र भारत–नेपालको खुला सिमानाको निरीक्षण गर्नु रहेको बताए । यसलाई रोक्न नेपालले के प्रभावकारी उपायहरू अवलम्बन गर्न सकिन्छ, हेर्नुपर्‍यो । उनले सीमा क्षेत्रमा मदिरा निषेधलाई प्रभावकारी बनाउन मुख्य सचिवले हामीलाई महत्त्वपूर्ण निर्देशन दिएका छन्, जसलाई सीमा क्षेत्रमा पनि निषेधित कानूनको कडाइका साथ पालना गराउने गरी काम गर्ने बताए । सो क्रममा मुख्य सचिवले नेपाल–भारत सीमामा रहेका विभिन्न नाकाबारे अधिकारीसँग जानकारी लिएर सीमामा सतर्कता बढाउन निर्देशन दिए । सो क्रममा उनले जोगबनीको मुख्य नाकाबाट टिकुलिया बस्ती हुँदै नेपालको दरहैया चेक नाकासम्म पैदल हिँडेर अफिसरसहित नेपाल सशस्त्र प्रहरीको चेक नाकामा तैनाथ सशस्त्र प्रहरी बलका जवानलाई भेटेका थिए । सोही क्रममा उनले एसएसबी ५६ भी वाहिनीका कमाण्डेन्टलाई नेपाल प्रहरीसँग संयुक्त गस्ती गर्न र संयुक्त समन्वय गरी तस्करलाई कारबाही गर्न आग्रह गरे । यस क्रममा अररिया एसपी अशोक कुमार सिंह, फोर्ब्सगंज एसडीओ सुरेन्द्र कुमार अल्वेला, डीएसपी रामपुकार सिंह, जोगबनी एसएचओ अफताब अहमद र अन्य अधिकारीहरू सहभागि भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्