१४ बैशाख २०८१, शुक्रबार
Tags

मोरंग व्यापार संघको भव्य ट्रेड एक्स्पो संचालन हुने

रणभूमी बुधबार, फाल्गुण २५, २०७८

बिराटनगर / फागुन २५, मंगलबार मोरंग व्यापार संघले पत्रकार सम्मेलन गरी संघद्वारा यस वर्ष आयोजना गरिने व्यापार मेला (ट्रेड एक्स्पो) बारे जानकारी सार्वजनिक गरेको छ ।

मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्ष एवं मेला संयोजक विकास कुमार बेगवानीले सञ्चारकर्मीहरुलाई संघको आगामी ट्रेड एक्स्पो बारे जानकारी गराउनु भएको थियो ।

संघका का.का. समिति सदस्यहरु आशिष जाजू र दिपेश सुवेदी समेत सह–संयोजक रहेको उक्त ट्रेड एक्स्पो २०७८ चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली जग्गामा संचालन हुने भएको छ ।

मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य यस मोरंग व्यापार संघ वि.सं. २००७ सालमा स्थापना भएदेखि नै मुलुकको आर्थिक र सामाजिक मामिलामा अग्रणी भूमिका खेल्दै आएको र यस संस्थाको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने र उच्च मनोबलका साथ आर्थिक क्रियाकलापमा विविधीकरण गरी अधिकार, हित र व्यावसायिक मर्यादाका लागि स्वतन्त्र र स्वाभिमानी अर्थतन्त्रको निर्माण गरी उद्योग÷व्यवसायीहरुको हक र हितको संरक्षण र प्रवर्द्धन गर्नु रहेको बताए ।

यस्तै, मुलुकको आर्थिक मेरुदण्डीय उद्योग÷व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवद्र्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको यस संघले यस प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य लिई समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आइरहेको छ ।

यस आर्थिक क्षेत्रको गतिविधिहरुको सम्वद्र्धन एवं विकासका लागि यस संघले विगतमा कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०१८ (२०७५) आदि भव्यताका साथ आयोजना गरी उदाहरणीय रुपले सफलता हासिल गरेको र यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरुको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गराउन चाहन्छौँ । उक्त अन्तर्राष्ट्रिय व्यापार मेला, विराट ट्रेड एक्स्पो २०१८ ले स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्पादित वस्तुहरु सहित सबै क्षेत्रको प्रदर्शनी र प्रवद्र्धन गर्न सफला हासिल गरेको थियो भने उक्त एक्स्पोले दुई लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको थियो ।

सोही उद्देश्यहरु अनुरुप विगतका वर्षहरु झैं यस वर्ष पनि यस संघले २०७८ चैत्र १८ गते देखि २६ गते सम्म विराटनगरमा ‘मोरंग व्यापार संघ ट्रेड एक्स्पो २०२२’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी)को आयोजना गर्ने तयारी गरिरहेको मोरंग व्यापार संघका उपाध्यक्ष तथा मेला आयोजक समितिको संयोजक विकाश कुमार बेगवानीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्