१६ चैत्र २०८०, शुक्रबार
Tags

सोनार समाजको रंगारंग कार्यक्रम भब्यताका साथ सम्पन्न

Ranbhumi आइतबार, चैत्र १५, २०७७

नेपाल सोनार समाज सेवा समिति द्वारा आयोजना गरिएको रंगारंग होलि मिलन कार्यक्रम बिराटनगरको जानकी सदनमा भब्यताका साथ सम्पन्न भएको छ ।होलीको शुभकामना आदान प्रदान तथा रंगारंग कार्यक्रममा सभापति महेश कुमार साह, प्रमुख अतिथि बिराटनगर महानगर पालिकाको मेयर भीम पराजुली, बिशिस्ट अथितीहरु नेपाली काङ्ग्रेसका जल्दाबल्दा युवा नेता नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार राजेश गुप्ता, नेपाली कांग्रेस नगर कार्यवाहक सभापति अरुण नेउपाने, ने.बि.संघका पुर्व सह महामन्त्री कृष्ण कार्की, नेपाल वैश्य युवा संघ मोरङ अध्यक्ष तथा एल पि ग्यास बिक्रेता संघ मोरङ अध्यक्ष गणेश कुमार साह, बिराटनगर वार्ड ९ का वार्ड अध्यक्ष बिश्वनाथ भगत, हिन्दु स्वयंसेवक प्रचारप्रसार बिभाग तीन जिल्ला प्रमुख तथा नेपाल वैश्य युवा संघ मोरङ सल्लाहकार सियाराम रौनियार, अथितीहरु बिराटनगर वार्ड नम्बर ६ का वार्ड सदस्य तथा नेपाल वैश्य युवा मोरङ्ग महासचिव सन्तोष साह, नेपाल सोनार सेवा समाजका उपाध्यक्ष सुरेन्द्र साह, दिपेन्द्र स्वर्णकार, सचिव नारायण स्वर्णकार, सह सचिव सन्जय सोनि, सह कोषाध्यक्ष भोला साह , दिनेश कुमार साह, कामेश्वर साह लगायत विभिन्न अथितीहरु नेपाल सोनार समाजका स्वजाती बन्धुहरु हजारौं संख्यामा उपस्थिति भएको थियोे । जसमा महिलाहरुको उत्साह जनक उपस्थिति भएको थियोे ।
कार्यक्रम संचालन यश संघका सचिव नारायण स्वर्णकारले गर्नु भएको थियोे भने कार्यक्रम संचालनको निम्ति पानसमा बत्ती बाल्ने कार्य यश संघका वृद्ध शिवचरन साहले गर्नु भयो । स्वागत मन्तव्य दिपेन्द्र स्वर्णकारले गर्नु भएको थियोे । यश समाजको निम्ति के के गर्नुपर्छ भनेर मन खोलेर नै बोल्नु भएको थियो अरुण नेउपानेले, त्यसैगरी कृष्ण कार्कीले सोनार समाज द्वारा गरिएको होलि मिलन कार्यक्रम सराहनीय रहेको बताएका छन भने संस्कृतिलाई जोगाइ राख्नु पर्छ भनेर बोल्दै राजेश गुप्ताले हाम्रो मोरङ्ग जिल्लामा १७% वैश्य समुदायको बाहुल्यता भएपनि राजनीतिक पछाडी नै छ तर बिराटनगर वार्ड ९ मा वैश्य समुदायकै वार्ड अध्यक्ष र बिराटनगर १,६,१८ मा सदस्य वैश्य समुदायले नै जित्नु भएकोमा खुसीको गर्व व्यक्त गर्नु भएको थियो । जसरी असत्य माथी सत्यको जित भए पछि बिजय उत्सवको रुपमा होलि खेल्ने परम्परा रहि आएको छ त्यसैगरी सम्पुर्ण पार्टीहरु वैश्य समुदायलाई असत्य गरि रहेको छ त्यसलाई सत्यमा ल्याउनु पर्छ भनेर खोलेर नै भन्नू भएको थियो, गणेश कुमार साहले हाम्रो मोरङ्गमा छरिएका सम्पुर्ण वैश्य समुदायलाई एकढिका तथा एकताबद्ध गरि हामी हाम्रो हामी सबैको वैश्य संघ रहेकोले सबै मिलि सबैको साथ, सबैको पहिचान, सबैको स्वाभिमान, सबैको अधिकार पूरा गर्न सहज हुने बताउनुभयो साथै जातिगत संस्थाहरु फुटेर होईन जुटेर जानुपर्नेमा जोड दिदै होलिको शुभकामना व्यक्त गर्नु भएको थियो । भाइरल डान्स क्लब द्वारा नृत्य गित संगीत को माध्यमय बाट मनोरंजनात्मक कार्यक्रमले उक्त रंगारंग कार्यक्रमलाई थप रोचक र अबिश्मरणिय बनाएको थियोे । कार्यक्रमका सभापति महेश कुमार स्वर्णकारले होलिको शुभकामना दिदै हाम्रो रितिरिवाज ,परम्परा , संस्कृति लाई जोगाइ राख्ने गरि नेपालको राष्ट्रिय पर्व होलि पर्व बिजय उत्सवको रुपमा मनाउनु पर्ने र सोनार स्वजातिहरुलाई एकताबद्ध गरि दहेज प्रर्थालाइ अत्यन्त गर्न हामी सबै मिलेर अगाडि बढनु पर्छ भनि बोल्नुभएको थियो । हामी जबसम्म मिल्दैनौ तबसम्म हाम्रो अधिकार प्राप्त नहुने जिकिर गर्नुको साथै असत्य माथी सत्यको जित भएकै कारण होलिका दहन हुने गरेको छ । हाम्रो बेटिरोटिको सम्बन्ध भएको छिमेकी देश भारतमा पनि होलिको रमनचमन उत्साह जनक हुँदै आएको छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्