१२ बैशाख २०८१, बुधबार
Tags

सशस्त्र प्रहरीले १ हजार ५० किलो कपाल राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझायो

रणभूमी डेस्क शुक्रबार, चैत्र ११, २०७८

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पुर्व–पश्चिम लोकमार्गबाट चैत्र ९ गते सशस्त्र प्रहरीले करीव ८ लाख ९५ हजार रुपैयाँ बराबरको कपालसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गाडी चालक झापा जिल्लाको बिर्तामोड नगरपालिका ८ बस्ने ३४ बर्षिय नविन खड्का, सह चालक झापा जिल्लाकै भद्रपुर नगरपालिका ४ बस्ने ३४ बर्षिय सुरेन्द्र निरौला र उक्त कपाल ल्याउँने ब्यक्ति भारतमा घर बताउने ३४ बर्षिय ताजमोल शेख छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हरीपुरबाट खटिएको सशस्त्र प्रहरीले मे १ ख २६१२ नम्बरको ट्रकमा जाँच गर्दा १ हजार ५० के.जी. कपालको बिल बिजक नभएको पाईएपछि ट्रकसमेत बरामद गरि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद कपाल तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्