०६ बैशाख २०८१, बिहिबार
Tags

मिल्स गोल्डकप फुटबलको उपाधि प्रतिभा फुटबल क्लब गोलबजारलाई

रणभूमी डेस्क शुक्रबार, चैत्र १८, २०७८

विराटनगर / दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहाले जितेको छ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा घरेलु टाली साइनो स्पोर्ट्स क्लब रानीलाई २–१. गोलले पराजित गर्दै गोलबजारले उपाधि जितेको हो ।

जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपबिजेता बनेको साइनोले नगद १ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।

खेल सुरू भएको ८ औं मिनेटमा गोलबजारका विदेशी खेलाडी विनु अलीले गोल गरि टिमललाई अग्रता दिलाए । उनले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । पहिलो गोल भएपछि दबावमा परेको सनाइनोका विदेशी खेलाडी फुफनाले १४ औं मिनेटमा गरेको प्रहार गोलबजारका किपर निश्चल श्रेष्ठले उत्कृष्ट बचाए । खेलको ३५ औं मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाए । साइनकोका फुफनाले ३९ औं मिनेटमा करिब ३० यार्डबाट गरेको प्रहार जाली चुम्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफदेखि आक्रमक खेल पस्किएको गोलबजारले ४७ औं मिनेटमा विदेशी खेलाडी विनु अलीले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरि टिमको जित सुनिश्चत गरे । ५१ औं मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोलबजारका किपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाए ।

घरेलु दर्शकको साथ पाएको साविकको उपविजेता साइनोले थुपै गोल गर्ने अवसर खेर फाल्यो । ६३ औं मिनेटमा साइनोका फुफानोले निकादिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड बाहिरयो । दुई गोल दबाबमा देखिएको साइनोले ६७ र ७० औंं मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बुले वान भर्सेस वानको प्रहार फितलो रहदा गोल गर्ने अवसरबाट चुके ।

फाइनल खेलको प्लेयर अफ म्याच उपविजेताका फोपोनो भए । त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाईस्कोरर गोलबजारका अलमान भए ।

यहाँ कमेन्ट गर्नुहोस्