०६ मंसिर २०८३, शनिबार
Tags

राष्ट्रिय जुडो प्रतियोगिताका लागि कोशी प्रदेशबाट विराटनगरका रौनक साह छनो

रणभूमी सम्वाददाता शुक्रबार, मंसिर ०५, २०८३

विराटनगर । राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत आयोजित कोशी प्रदेशस्तरीय जुडो छनोट प्रतियोगिताबाट पुरुष तथा महिला खेलाडीहरू राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट हुने खेलाडीमध्ये मोरङको विराटनगरका रौनक साह पनि रहेका छन्।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कुल १९ स्वर्ण पदक हासिल गरेका छन्। छनोट भएका खेलाडीहरूले आगामी दिनमा सुर्खेतमा आयोजना हुने राष्ट्रियस्तरको जुडो प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

विराटनगरका रौनक साह राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल भएपछि मोरङ जुडो संघले उनलाई विशेष बधाई तथा शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्ष सन्दीप पोखरेलले रौनकसहित छनोट भएका सम्पूर्ण खेलाडीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै राष्ट्रिय प्रतियोगितामा

यहाँ कमेन्ट गर्नुहोस्