१४ बैशाख २०८१, शुक्रबार
Tags

अपहरणकारिलाई कार्वाहीको माग गर्दै रानी-जोगवनी सीमा मा प्रदर्शन

रणभूमी आइतबार, चैत्र २०, २०७८

विराटनगर / अपहरणमा परेकी श्रीमती र छोरीलाई खोज्न प्रशाशनलाई दवावको निम्ति आज रानी नाकामा अमित साह परिवारले धर्ना बस्दै प्रदर्शन गरेका छन् ।

गाउँ समाजका करिब दुई सय मान्छेहरूलाई साथमा लिई अपहरणकारिलाई कार्वाही गर महिला र बच्चालाई नेपाल ल्या भनी भन्सार परिसरमा नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

केही दिन अगाडि महिला र बच्चा अपहरणमा प्रयोग भएको गाडी सीमा प्रहरी चौकी रानीले नियन्त्रणमा लिएको थियो । २०७८ श्रावण २२ गते मान्छे अपहरण गर्न प्रयोग गरिएको बि आर ३८ ई ४२८७ नम्बरको भारतीय स्कोर्पियो गाडी सिमा प्रहरी चौकी रानिको प्रनानि दिल्ली देवकोटाले पक्राउ गरेको थियो ।

अपाहरणमा प्रयोग भएको गाडी फेला परेपछि अपहरणमा परेकी श्रीमती र छोरीलाई फेरि भेट्ने आसम साह संघर्ष गर्दै छन् । आफ्नो श्रीमती र छोरीलाई ससुराली पक्षले आठ महिना अगाडिनै अपहरण गरी बेपत्ता बनाएको अमित साहको भनाई छ । भारत को जोगबनी ससुराली भएका साहले भने कानुनी रुपमा धेरै प्रयास गर्दा पनि आमा छोरीको अवस्था बारे पनि केही जान्न सकेको छुईन । श्रीमती र छोरीको अपहरण भएपछी ससुराली पक्षका कोही मान्छे पनि आज सम्म संपर्कमा आएको छैन । भारतिय प्रशाशनले मेरो श्रीमती र छोरीलाई खोजी गर्न गम्भीरता पूर्वक नलिएको हुनाले नेपाल भारत दुई देश बीचको सीमामा बसेर न्याय पाउँ भन्दै खोज तलाशमा मद्दत गर्न प्रसाशनलाई दवाव दिदै कार्यक्रम गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्