१९ आश्विन २०८३, सोमबार
Tags

दुर्घटनामा परेको मोटरसाइकल चालक पेस्तोल सहित पक्राउ

रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार २०८३ असोज १९ गते राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कबिलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ठाकुरलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट सिक्सर पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ। पेस्तोल बरामद गरी ठाकुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्