०८ बैशाख २०८१, शनिबार
Tags

बिहे गर्छु भनी ४२ लाख ३४ हजार रुपैया ठगी गर्ने श्रेष्ठ पक्राउ

रणभूमी डेस्क सोमबार, चैत्र २१, २०७८

काठमाण्डौ / फोन मार्फत संपर्क गरी विवाह गर्छु भनी विभिन्न बहानामा ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने एक जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेकाे छ ।

ठगी गर्ने योजना बनाई फोन सम्पर्क गरी बिबाह गर्ने प्रलोभन देखाई पिडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आईएमई तथा सिटिएक्सप्रेस मार्फत पटक-पटक गरी करिब रु. ४२ लाख ३४ हजार रुपैया रकम पठाउन लगाई ठगी गरेको भन्ने पिडितको सुचनाको आधारमा अपराध महाशाखा बाट खटिएको बिशेष प्रहरी टोलीले चैत्र २० गते आईतवार काठमाण्डौ जिल्ला बिशाल नगरबाट उक्त ठगी गर्ने कार्यमा संलग्न नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्