१५ बैशाख २०८१, शनिबार
Tags

नेपाल बाट चोरी भएर भारतमा बेचिएको मोटरसाइकल सीमा प्रहरी चौकीले ल्यायो फिर्ता

रणभूमी डेस्क मंगलबार, चैत्र २२, २०७८

विराटनगर / केहीदिन अगाडी सुनसरीको दुहवी बाट एक व्यक्तिलाई नशालु पदार्थ खुवाई मोटरसाइकल चोरेर जोगबनीमा बेच्ने एक जनालाई सीमा प्रहरी चौकी रानी प्रमुख सई दिल्ली देवकोटाले मोटरसाइकल सहित नियन्त्रणमा लिई भारत बाट नेपाल ल्याएको छ ।

शंकास्पद देखिने तथा दुर्व्यसनमा परेका व्यक्तिहरूलाई विशेष निगरानीमा राख्ने सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटाले मंगलवार रानीको सीमा सँगै जोडिएको भारतको टिकुलिया बस्तीमा एक थान नयाँ नेपाली मोटरसाइकल चार हजार रुपैयामा बिक्री भएको सुईको पाएपछि खोज तलास गर्दै जाँदा जोगबनी बाट १४ किलोमिटरको दूरीमा रहको फारविशगंज बाट फेला पारी भारतिय प्रहरीको सहियोगमा नेपाल ल्याउन सफल भएको छ ।

बिक्री भएको मोटरसाइकलको विषयमा सई देवकोटाले अनुसंधान गर्दैजाँदा आज बिहान करिब साढे ११ बजेको समयमा विराटनगर-१६ स्थित मुसहरी टोल बाट मोटरसाइकल चोरेर बिक्री गर्ने दुहवी नगरपालिका-८ बस्ने वर्ष २१ को माे. साहावाजलाई नियन्त्रणमा लिएको थियो । अनुसंधानकै क्रममा केही दिन अगाडि प्रदेश १-०२-४४प २७२४ नं को सुपर स्प्लेन्डर दुहवी बाट चोरी भएको मोटरसाईकल भएको खुलेको थियो । सो मोटरसाईकल खरिदकर्ताले नं प्लेटहरू झिकेर फारविशगंज पुर्याई सकेको जानकारी प्राप्त भयो । त्यसपछि देवकोटाले भारतिय प्रहरी सँग समन्वय गरी मोटरसाईकल फिर्ता ल्याएको हो ।

मोरङ्गको हाथिमुडा घर भएको मिथुन सरदार सोमवार बजार बाट घर जाने क्रममा बाटोमा सामान्य मोटरसाईकल दुर्घट्नामा परेर लड्न पुगेको थियो । लगत्तै एक जना अपरिचित व्यक्ति साहावाजले सरदारालाई म त्यो दुर्घटना गर्ने व्यक्ति चिन्छ खोजेर आउँछु भनी गयो र तुरुन्तै त्यही व्यक्ति घट्ना स्थल तर्फ फर्केर सरदारलाई दुर्घटना गर्ने मान्छे खोजिदिन्छु दुहवी तिर जान अनुरोध गर्यो । दुहवी पुगिसकेपछि त्यो अपरिचित व्यक्तिले मिथुन सरादारालाई नशालु पदार्थ खुवाई मोटरसाइकल लिएर फरार भएको मोटरसाइकल धनी मिथुन सरदारले बताए ।

सीमा प्रहरी चौकी रानी प्रमुख देवकाेटाले पहिले पनि यसरीनै जोगबनीमा बेचिरहेको नेपाली चोरीको माटरसाईकल फेला पारी भारतिय प्रहरी सँग समन्वय गरी फिर्ता ल्याएर धनीलाई बुझाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्