०८ बैशाख २०८१, शनिबार
Tags

दोस्रो वडा अध्यक्ष फुटबल कप प्रतियोगिताको उपाधी नव बुद्ध युवा क्लबलाई

उषा सरदार आइतबार, चैत्र २७, २०७८

विराटनगर / दोस्रो वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७८ को उपाधी नव बुद्ध क्लबले जितेको छ।

वडा अध्यक्ष खेलकुद प्रतियोगिता समिति जहदा २ मोरङ्गको आयोजना , नव बुद्ध युवा क्लबको समन्वय र जहदा वडा नम्बर २ को आर्थिक सहयोगमा जहदा २ हरिनगराको खेलमैदानमा सम्पन्न भएको फाईनलमा विरपुर युवा क्लबलाई २-० गोलले पराजित गर्दै नव बुद्ध युवा क्लबले उपाधी हात पारेको हो ।
नव बुद्धले उपाधी संगै नगद रु ४१ हजार रुपैयाँको साथै ट्रफी र मेडल समेत हात पारेको छ। उपबिजेता बनेको विरपुर युवा क्लबले नगद २१ हजार रुपैयाँ साथै ट्रफी र मेडलमा चित्त बुझाएको थियो। जितको लागि नव बुद्ध युवा क्लबको भगवान टुडु र बिजय हेम्ब्रमले गोल गर्नु भएको थियो। भने भगवान टुडु म्यान अफ दि म्याच घोषित हुनु भएको थियो। कार्यक्रमको समापन्न समारोहमा प्रमुख जहदा गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश कुमार श्रेष्ठ, बिशिस्ट अतिथी कांग्रेस नेत्री आशा सरदार , नेपाली कांग्रेसका प्रदेश १ सदस्य राजेश गुप्ता , जहदा वडा नम्बर ४ का वडा अध्यक्ष जयनरथ गिरि ,नव बुद्ध युवा क्लबका अध्यक्ष अभय मगर , वडा अध्यक्ष खेलकुद प्रतियोगिता समितिका अध्यक्ष रबि थापा मगर लगायतले बिजेता र उपबिजेता लाई नगद , ट्रफी र मेडल हस्तान्तरण गर्नु भएको थियो।कार्यक्रममा समन्वय समिती नव बुद्ध युवा क्लबका अध्यक्ष अभय मगरलाई समितिले सम्मान गर्नु भएको थियो।

१४ गते देखि २६ गते सम्म चलेको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्