०८ बैशाख २०८१, शनिबार
Tags

श्रीमानको कुटपिट बाट श्रीमतीको मृत्यु

रणभूमी डेस्क शुक्रबार, बैशाख ०२, २०७९

विराटनगर / मोरङको जहदा गाउँपालिका वडा नम्बर-७ मा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ ।

जहदा–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीया पानो टुडुको मृत्यु भएको हो। नारायणले मादक पदार्थ सेवन (मापसे) गरेर गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुले छ,मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए । मापसे गरेर उत्पन्न विवादपछि घटना भएको डीएसपी श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार पत्नीको हत्यामा संलग्न नारायण फरार छन् । उनको खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको बताए।

यहाँ कमेन्ट गर्नुहोस्