१४ बैशाख २०८१, शुक्रबार
Tags

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख ०५, २०७९

विराटनगर / विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोरङ्ग प्रहरीले पक्राउ गरेकाे छ ।

शनिवार साँझ ६ बजेको समयमा विराटनगर महानगरपालिका वडा नं. ९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको टि.भि.एस. कम्पनीको अपाची मोटरसाईकल चोरीमा संलग्न विराटनगर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष २६ को राज कुमार कामत र सोही ठाउँ बस्ने वर्ष २० को प्रबिन मण्डललाई मिति आईतवार चोरीको मोटरसाईकल सहित पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मोरङ्गबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्