१४ बैशाख २०८१, शुक्रबार
Tags

मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा चालकको मृत्यु

रणभूमी डेस्क बिहिबार, बैशाख ०८, २०७९

विराटनगर / सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई हसनपुरस्थित नहरको पुलबाट खसेको थियो । सो घटनामा रामधुनी नगरपालिका ८ का ४३ बर्षिय धुर्वकुमार चौधरीको मृत्यू भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नहरमा खस्दा मोटरसाईकल समेत चालक बेपत्ता भएको खबर पुगेपछि ईलाका प्रहरी कार्यालय पकलीबाट पुगेको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । नहरमा खोजतलास गर्ने क्रममा साढे ९ बजे मोटरसाईकल सहित चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरागरि शव परिक्षणकालागि धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्