१२ बैशाख २०८१, बुधबार
Tags

नेपाल ल्याउँदै गरेकाे २२० बोतल लागूऔषध जोगबनीमै पक्राउ

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

विराटनगर / नेपाल भारत सिमा खटिएका सीमा सुरक्षा बल एसएसबीको टोलीले नेपाल ल्याउन लागेको २२० बोतल लागूऔषध जोगबनीमै पक्राउ गरेको छ ।

मंगलवार विहान जोगबनी स्थित रेलवे परिसर बाट एसएसबीले नेपाल ल्याउन तयारी अवस्थामा राखिएको २२० बोतल लागूऔषध
डाइलेक्स डीसी सहित दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

लागूऔषध एक मोटर साईकलमा झोलामा हाली नेपाल तर्फ लैजानलागेको गोप्य सूचनाको आधारमा टोलीले जोगबनीको टीकूलिया बस्ती बस्ने हसरत अली र गंगा मंडललाई लागूऔषध र मोटरसइकल सहित नियन्त्रण लिएको एसएसबीले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्