०७ बैशाख २०८१, शुक्रबार
Tags

६८८ ग्राम लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

रणभूमी डेस्क बुधबार, बैशाख १४, २०७९

विराटनगर / मोरङ्गको रतुवामाई नगरपालीका-३ बाट प्रहरी चौकी महादेवाले ६८८ ग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेकाे छ ।

मंगलवार राति ८ बजेको समयमा जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं.-३ छालगाछिमा भारतबाट नेपालतर्फ आउदै गरेको बा ७६ प ४६९७ नं. को मोटरसाईकलमा सवार जिल्ला मोरङ पथरिशनिश्चरे नगरपालिका वडा नं. -४ बस्ने बर्ष ५३ को खड्क प्रसाद सिलवाललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ६८८ ग्राम खैरो ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई जिल्ला अदालत मोरङ्गबाट लागु औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्