११ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर-१८ स्थित नेपाल भारत सीमामा एसएसबीले गर्यो ३ राउन्ड हवाई फायरिङ

रणभूमी डेस्क सोमबार, बैशाख १९, २०७९

विराटनगर / विराटनगर १८ स्थित सीमा वर्ती एरिया इश्लामापुरमा भारत तर्फ भारतिय सुरक्षाकर्मी एसएसबीले तीन राउण्ड हवाई फायर गरेको छ ।

नेपालमा स्थानिय निर्वाचनको मिती नजिकै भएर चुनाव प्रचार प्रसार चलिरहेको बेला एसएसबी द्वारा दशगजा नजिकै एक्कासी ३ राउण्ड गोली फायरिङ भएपछि सिमा क्षेत्रमा भएका बासिनदाहरु त्रसित बनेका थिए ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी प्रमुख सप्रनी भूपेन्द्र काजी निरौला र मटियरुवा प्रहरी चौकी प्रमुख नवराज कार्की सहितको प्रहरी टोलीले सीमामा तैनाथी बढाई जनतालाई सर्तक गराएको थियो ।

फायरिङ किन र कसरी भएकोबारे भारतीय प्रशासनको तर्फ बाट सिमा सुरक्षा बल एसएसबीको कमान्डेन्ट, अररिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिहार पुलिस तत्काल घटना स्थल पुगेर अनुसन्धान थालेका छन् ।

एसएसबीको जवान अमन कुमारले मादक पदार्थको सेवान गरेको कारण उत्तेजनामा गोली चलाएको हुनसक्ने स्थानीयहरूले अनुमान लगाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्