०७ बैशाख २०८१, शुक्रबार
Tags

ब्युरो टोली द्वारा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ

रणभूमी डेस्क मंगलबार, बैशाख २०, २०७९

विराटनगर / भारतबाट लुकाई छिपाई रानी नाका हुँदै नेपाल ल्याएको प्रतिबंधित लागुऔषध डाईलेक्स डिसी र नाईट्रोभेट ट्याब्लेट सहित एक जनालाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउगरी नियन्त्रणमा लिएको छ ।

सोमवार विहान ९ बजेको समयमा विराटनगर महानगर पालिका-१५ स्थित एक नम्बर ढाट बाट ब्युरोको टोलीले चेक जाँचको क्रममा ४ थान डाईलेक्स डिसी र ३०० चक्की नाईट्रोभेट ट्याब्लेट सहित मोरङ्ग जिल्ला लेटाङ्ग नगरपालिका-२ भोगटेनी बस्ने वर्ष २८ को लोकेश लिम्बूलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका लिम्बुलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्