२० बैशाख २०८१, बिहिबार
Tags

स्थानिय निर्वाचन सफल बनाउन सीमावर्ती एरियामा भारतिय सुरक्षा बलले कडाई गर्ने

रणभूमी डेस्क सोमबार, बैशाख २६, २०७९

विराटनगर / यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा सीमावर्ती एरियामा गरिने कडाईको विषयमा भारतको जोगवनी स्थित प्रहरी चौकीमा स्थानिय प्रहरी प्रमुखहरुले दुई देश बीच निर्वाचन सफल बनाउन शान्ति सुरक्षाको विषयमा छलफल गरेको छ ।

नेपालमा हुने चुनावलाई मध्यनजर गर्दै भारतिय सीमा सुरक्षा बल एसएसबीको सहायक सेनानायक सुरज गायकवाड़ले शान्ति सुरक्षामा भारत तर्फ बाट हुने सहयोगको लागि पूर्ण प्रतिबद्ध भएको बताए । बैठकमा चुनावको क्रममा हुने कडाईको विषयमा कुरा गर्दै रणनीति पनि तय गरिएको बताए ।

नेपाल भारत सीमा जोगबनीमा
भारतिय पक्ष बाट नेपालमा हुने निर्वाचन शान्तिपुर्ण मतदान सम्पन्न गराउन सक्रिय रहेको बताउदै बुधवार देखि तीन दिन सम्म अन्तर्राष्ट्रीय सीमा सील हुने भएकोले एसएसबीको तर्फ बाट सीमामा पूर्णरुपमा कडाई गरी सहयोग गर्ने बताए ।

बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी प्रमुख भूपेन्द्र काजी निरौला र
ईलाका प्रहरी कार्यालय रानी प्रमुख महेन्द्र दर्नाल सहभागि भएका थिए भने भारत बाट जोगबनी थाना प्रमुख आफताब अहमद, जीआरपी थाना प्रमुख रामवचन सिंह र अर्जुन सिंह सहित एसएसबी,स्थानीय पुलिस तथा आरपीएफ को अधिकारीहरु सहभागि भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्