१४ बैशाख २०८१, शुक्रबार
Tags

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

रणभूमी डेस्क सोमबार, जेठ १६, २०७९

काठमाडौं / आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका छन् ।

सिलवालका अनुसार यार्सागुम्बा लिन गएकाहरुले विमानको तस्विर पठाएपछि नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको जानकारी दिए ।

पोखराबाट मुस्ताङका लागि उडेको विमान आइतबार बिहान १०ः०७ बजे सम्पर्कविहीन भएको हो । तारा एयरको ट्वीन इन्जिन भएको विमानको खोजी सोमबार बिहानबाट पुनः सुरु भएको छ । विमानमा २२ जना यात्रु सवार थिए ।

यहाँ कमेन्ट गर्नुहोस्