०८ बैशाख २०८१, शनिबार
Tags

विराटनगर आखाँ अस्पतालमा चिकित्साको गाडीको ठक्करबाट गेट ढली एक गम्भीर

रणभूमी डेस्क शनिबार, जेठ २१, २०७९

विराटनगर / विराटनगर १३ स्थित विराटनगर आखाँ अस्पतालमा चिकित्साको गाडीको ठक्कर बाट गेट ढलेपछि सोही अस्पतालमा कार्यरत एक सुरक्षा गार्ड गम्भीर घाईते भएको छ ।

स्थानिय प्रत्येक्षदर्शी हरुले बताए अनुसार आज विहान सवा १० बजेको समयमा बाहिर बाट चिकित्सक बागमती प्रदेश -०१- ४०२१ नम्बर भएको सेतो रंगको हुन्डाई कार अस्पताल भित्र प्रवेश गर्ने क्रममा गाडी अनियन्त्रित भई अस्पतालको गेटमा ठोकीएको थियो । गाडीको ठक्कर बाट अस्पतालको गेट सुरक्षा गार्डको ज्युमाथि ढलेपछि दुर्घना भएको बताउँछन् ।

अस्पतालको गेट खसेर दुर्घनामा गम्भीर घाईते भएका गुरु फोर सेक्युरिटी सर्भिसको कर्मचारी विराटनगर महानगर पालिका -४ बस्ने वर्ष ४५ को गुरु प्रसाद लुइटेल गम्भीर घाईते भएको हो । टाउको बाट धेरै रगत बगी गम्भीर घाईते भएका लुइटेलको अहिले बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

विराटनगर आखाँ अस्पतालमा पहिले पनि अस्पतालको गेट ढलेर दुर्घटना भईसकेको हो, आजको धट्ना दोश्रो हो भनी स्थानिय बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्