१४ बैशाख २०८१, शुक्रबार
Tags

कटुवा पेस्तोल सहित अररियाको १ जना पक्राउ

रणभूमी डेस्क मंगलबार, जेठ २४, २०७९

सुनसरी / सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन ।

बिशेष सुचनाको आधारमा आज राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको बिअार ३९ जे ६८३५ नम्वरको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित बरामद गरेको हो ।
कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्