१३ बैशाख २०८१, बिहिबार
Tags

विवाह समारोहमा गोली चल्दा एक महिलाको मृत्यु, तीन घाइते

राजेश कुमार शर्मा शुक्रबार, आषाढ ०३, २०७९

फारबिसगंज / फारबिसगंज अनुमंडल क्षेत्रअन्तर्गत नरपतगञ्ज ब्लकको तामगञ्ज पञ्चायतको बीबीगञ्ज वार्ड नम्बर ८ मा विवाह समारोहमा गोली चल्दा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जसमध्ये दुई महिला र एक पुरुष रमहिला रहेका छन् ।

बुधवार राती तामगञ्ज पञ्चायतको बिबिगञ्जमा उपेन्द्र यादवकी छोरीको विवाह समारोह थियो र सबै हिन्दू परम्परा अनुसार विवाह सम्पन्न भई विदाई कार्यक्रम भइरहेका बेला अचानक गोली चल्न थाल्यो जसमा गोली लागेर शान्तिदेवीका श्रीमान् शोभा चन्द यादवको मृत्यु भयो भने सञ्जय यादवको देब्रे हातमा सञ्जिला देवीको दाहिने हातमा गोली लागेको थियो भने जुली देवी नाम गरेकी महिला घाइते भएका थिईन । सबै घाइतेहरूलाई फारबिसगंज अनुमंडल अस्पतालमा ल्याइएको थियो जहाँ तीनै जना घाइतेहरूलाई उपचार पछि हाइ सेन्टरमा रिफर गरिएको थियो ।

घटनाको विषयमा फारबिसगंज प्रहरी थानाले सूचना पाएपछि अस्पताल पुगेर घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्