१४ बैशाख २०८१, शुक्रबार
Tags

मोटरसाइकल चोरीको अनुसन्धान गर्दा १ थान पेस्तोल सहित १ जना पक्राउ

रणभूमी डेस्क आइतबार, आषाढ ०५, २०७९

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले एक थान पेस्तोल सहित एक जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल चोरी अनुसन्धान गर्ने क्रममा पक्राउ मोरङको बुढिगंगा गाउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को विनोद चौधरीलाई पेस्तोल सहित पक्राउ गरेकाे हाे । सुनसरीको दुहवी नगरपालिका वडा नं.-३ स्थित चौधरीको डेरा कोठामा खानतलासीको क्रममा चाईनिज पेस्तोल थान-१ र त्यसको म्याग्जिन थान-१ र गोली राउण्ड-१ बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै विगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संलग्न १६ जना मानिसहरू र २१ थान मोटरसाईकल समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्