११ बैशाख २०८१, मंगलबार
Tags

ब्राउनसुगर सहित एक जना पक्राउ

रणभूमी डेस्क शनिबार, आषाढ २५, २०७९

झापा / झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट एक जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् ।

शुक्रवार बेलुका साढे ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्