१५ बैशाख २०८१, शनिबार
Tags

ईप्रका रानीद्वारा ३६ किलो गाँजा सहित जहदा-२ बाट एक जना पक्राउ

रणभूमी डेस्क मंगलबार, साउन १७, २०७९

विराटनगर / जहदा गाउँ पालिका -२ बाट ईलाका प्रहरी कार्यालय रानीको टोलीले मध्यरातमा ३६ किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित एक जना मानिसलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको टोलीले जहदा गाउँ पालिका वडा नं २ स्थित हरिनगरा बाट सोमवार राती १ बज्न १५ मिनेट बाँकी रहेको बेला प्लास्टिकमा प्याक गरी टाउकोमा बोकी हिँडिरहेको अवस्थामा ३६ किलो गाँजा सहित सोही ठाउँ बस्ने वर्ष २५ को मुकेश गुरुङ्गलाई ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक महेन्द्र दर्नाल सहितको टोलीले पक्राउ गरी लागुऔषध मुद्दा अन्तर्गत म्याद थाप गरी आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्