१३ बैशाख २०८१, बिहिबार
Tags

गाडीको सिट मुनि लुकाई ल्याएको लागुऔषध सहित दुईजना रानी नाकाबाट पक्राउ

रणभूमी डेस्क मंगलबार, साउन १७, २०७९

विराटनगर / विराटनगर महानगर पालिका वडा नं १५ स्थित रानी भन्सार नाकामा लागुऔषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले एक मोटरसाईकल बाट चेक जाँचको क्रममा गाडीको सिट मुनि लुकाई ल्याएको केही थान लागुऔषध सहित मोटरसाईकलमा सवार दुई जनालाई नियनत्रणमा लिएको छ ।

भारतको जोगबनी टिकुलिया वस्तीबाट लागुऔषध सेवन गरी आफूहरु चढी आएको को ५ प २०३४ नं को मोटरसाईकलको सिट मुनि लुकाई प्रतिवन्धित लागुऔषध डाईलेक्स डिसी , नाईत्रोभेट ट्याब्लेट र स्पासममो प्रोक्सिभन प्लस क्याप्सुल नेपाल ल्याउने क्रममा लागुऔषध नियन्त्रण ब्युरोबाट नियमित चेक जाँचमा खटिने टोलीले नुवाकोट ७ घर भई इटहरी ६ खेती खोला बस्ने वर्ष ३० को विक्रम गोतामे र इटहरी २० बस्ने वर्ष ४७ राम काजी कार्कीलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्