१३ बैशाख २०८१, बिहिबार
Tags

ईप्रका रानी द्वारा पुनः ६१ किलोग्राम गाँजा सहित सिटी सफारी पक्राउ

रणभूमी डेस्क बुधबार, साउन १८, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले विराटनगर -१४ बाट बुधवार बिहान ११ बजेको समयमा एक सिटी सफारीमा दक्षिण तर्फ लैजाँदै गरेको ६१ किलो प्रतिवन्धित लागुऔषध गाँजा पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

विषेश सुराकीको आधारमा वुधवार विहान ११ बजे कोविड अस्पताल नजिकैको बाटो भएर को२ह ४६१० नम्बरको सिटी सफारीमा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । टोलीलाई देख्न साथ गाँजा छोडी सिटी चालक फरार भएका थिए । फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सिटी सफारी र गाँजा नियन्त्रणमा लिई, ई.प्र.का. रानी मा ल्याई अनुसन्धान को कार्य भई रहेको ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्