 
									रणभूमी डेस्क शनिबार, साउन २१, २०७९
 
विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले यो सातामा तेश्रो पटक शनिवार साँझ ८:३० बजेको समयमा जहदा गाउँ पालिका ३ बाट ३८ किलो प्रतिबंधित लागुऔषध गाँजा बरामद गरेको छ।
जहदा गाउँ पालिका वडा नं ३ स्थित ठुलो हाथीबन्नामा ४० वर्षीय भिसाराम राजवंशीको घरमा गाँजा लुकाई राखेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रनी महेन्द्र दर्नालको नेतृत्वमा खटेको टोलीले गाँजा बरामद गरेको हो। राजवंशीले घर पछाडि रेहेको कटेरोमा प्लाष्टीकले प्याक गरी बोरा मा हाली लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उक्त गाँजा फेला परेको बताए । प्रहरी सुराकी पाए अनुसार राजवंशीको घरमा छापा मार्दा घरधनी फरार भएको र बरामद भएको गाँजा ईप्रका रानीमा ल्याई थप अनुसन्धान भईरहेको ईप्रका रानी प्रमुख प्रनि महेन्द्र दर्नालले बताए ।
ईलाका प्रहरी कार्यालय रानी ले यस अघि पनि यसै साता जाहदा गाउँ पालिका वडा नं २ स्थित हरीनगरा बाट ३६ किलो र विराटनगर महानगर पालिकाको वडा नं १४ स्थित कोविड अस्पताल नजिकबाट ६१ किलो प्रतिवन्धित लागुऔषध गाँजा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइसेको छ ।
 
 
								 
								 
								 
								 
								 
								 
								