१२ बैशाख २०८१, बुधबार
Tags

सशस्त्र प्रहरी बिओपी रानी द्वारा गाँजा सहित दुई जाना पक्राउ

रणभूमी डेस्क बुधबार, साउन २५, २०७९

विराटनगर / नेपालबाट विराटनगर -१५ स्थित चाईना मार्केटको बाटो हुँदै भारतको जोगवनी तर्फ एक मोटरसाईकलमा दुई जना व्यक्तिले लैजाँदै गरेको ३ किलो अवैध गाँजा सहित मानिसलाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।

मंगलवार सशस्त्र प्रहरी बरिष्ठ हवल्दार तुम्बा बहादुर घिमिरेको कमाण्डमा खटेको ४ जनाको डिउटी टोलीले बिराटनगर महानगरपालिका वडा नं . १५ स्थित बिराटनगर भन्सारको ३ नं. ढाट नजिक चाईना मार्केटमा मोटर साईकल चेकजाँच गर्ने क्रममा बिराटनगर महानगरपालिका वडा नं . ४ ( खार्जीकोवरा ) बस्ने बर्ष १९ को आशिष मण्डल र सोही ठाउँ बस्ने बर्ष २० को दिपेन्द्र कुमार धानुकलाई प्रतिबंधित लागुऔषध ३ किलो गाँजा सहित पक्राउ गरी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीले पक्राउ परेका दुवैजनालाई स ९ प ९६०६ नं.को मोटरसाईकल सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्