१४ बैशाख २०८१, शुक्रबार
Tags

सञ्चारकर्मीलाई कुट्ने प्रहरीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी

रणभूमी डेस्क बुधबार, साउन २५, २०७९

सिरहा / सिरहाको कर्जन्हा नगरपालिका स्थित रहेको रेडियो गंगाजलको सञ्चारकर्मीहरुलाई समाचार संकलनको क्रममा प्रहरीद्वारा भएको कुटपिटको घटनालाई छानबीन गरी दोषी प्रहरीलाई कारबाही गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा सञ्चारकर्मीहरुले सामुहिक उजुरी दिएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय सिरहाको सदस्य सुरेन्द्र कुमार कामतीको अगुवाईमा पत्रकार महासंघ सदस्य सोनु मिश्रा, प्रेस सेन्टर नेपाल सिरहाका अध्यक्ष आशिष विश्वकर्मा, अपन दैनिक पत्रिका सिरहा प्रकाशक/सम्पादक, शुभनारायण कामती, राष्ट्रिय दलित पत्रकार संघ सिरहा उपाध्यक्ष, सोनु महरा, एम स्टार टेलिभिजन, संवाददाता, सते मण्डल अपन दैनिक पत्रिका सिरहा संवाददाता रुन्केश कामती र सिरहा रेडियो प्रशारक संघ (आकोराब) अध्यक्ष रामभरोसी कामतीले घट्नाको छानविन र दोसी उपर कारवाहीका लागि सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई निवेदन बुझाएको हो । निवेदनमा लेखिएको छ । सिरहाको मिर्चैया नगरपालिकामा संचालित शौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरले पेशागत माग सहित आन्दोलनमा रहेकोले रेडियो गंगाजलमा आबद्ध पत्रकारहरु चन्द्रदीप ठाकुर (समाचार वाचक) र अरबिन्द पासमान (संवाददाता) समाचार संकलनको प्रायोजनले पुगेको थियो । साउन २१ गते पत्रकारद्घय ठाकुर र पासमानले आन्दोलनरत पक्ष र उद्योग प्रशासनसँग कुराकानी गरी फर्किदै गर्दा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक सोनु साह नेतृत्वको प्रहरी टोलीले अभद्र व्यवहार गरी निर्घात कुटपिट गरेको छ ।

समाचार संकलन गर्न पुगेका पत्रकारद्घयमाथि प्रहरीबाट भएको अमानवीय व्यवहारको घटनालाई हामी घोर भत्र्सना गर्दछौैं । पत्रकारमाथि भएको निर्घात कुटपिटको घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप रहेको हाम्रो ठम्याई छ । यसर्थ घटनाको छानबीन गरी दोषी प्रहरीलाई कारबाही गर्न हामी जोडदार माग गर्दछौं । निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी कवारीले यस घट्ना सम्बन्धमा मलाई चासो रहेको हुँदा आवश्यक छानविन गरिने र प्रहरी दोसि ठहरिने अवस्थामा आवश्यक कारवाही यथासिघ्र गरिने बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्