१३ बैशाख २०८१, बिहिबार
Tags

सिमामा अनावश्यक भिडभाड रोक्दा झडप, प्रहरीको सई सहित दुई घाईते

Ranbhumi सोमबार, जेठ ०३, २०७८

बिराटनगर / कोरोना महामारीले गर्दा जिल्ला प्रशासन कार्यालयले कडाई गर्न सुरक्षाकर्मीलाई निर्देश दिएपनि सिमावर्ति एरीयामा दैनिक तनाव हुने क्रम अझै जारीनै रहेको छ । सोही क्रम्मा आज बिहान बिराटनगर १७ स्थित इश्लामपुरमा नेपाल प्रहरी र भारतीय स्थानीय बिच ५:३० बजेको समयमा झडप भएको छ ।

निषेधाज्ञाको अवस्थामा कडाई भएपछी नेपाल भारत वार पार गर्न खोज्ने तत्वहरु बिहान को ४ बजे देखीनै सक्रिय भैइ भारत नेपाल गर्ने तथा अनावश्यक अपरिचत व्यक्तीहरुलाई आफ़न्त र स्थानीय बनाई नेपाल ल्याई महामारी बढाउन सहयोग पुर्याउने तत्वहरु र प्रहरी बिच इश्लामपुरमा झडप भएको हो । बिराटनगर १७ स्थित इश्लामपुरमा रहेको एक चिया पसलमा चिया पिउने बहानामा दैनिक ३/४ सय को संख्यामा भारतिय नागरिकहरु जबर्दस्ती आउने गरेको र भिड भाड लगाउने गरेको हुदा त्यस्तो क्रियाकलापलाई रोक्न अस्थायी प्रहरी चौकी मटियरुवालाई सघाउदै इलाका प्रहरी कार्यालय रानी बाट प्रनी प्रकाश राउतको टोलीले एका बिहानै भिडलाई रोक्न खोजेपछी झडप भएको प्रहरी बताउछन । उक्त झडपमा इलाका प्रहरी कार्यालय रानीको प्रहरी नायब निरीक्षक लक्षमण महतरा र प्रहरी जवान प्रवेश राई घाईते भएका छन । भारतीयहरुको ईटा ढुंगा को झटारो लट्ठीले रोक्न खोज्ने क्रम्मा प्रनानी महतराको दाहिने खुट्टा र दाहिने पाखुरामा चोट लागी साथमा रहेको दुई मोबाइल फ़ोनमा समेत क्षती पुगेको छ भने अर्को जवान राईलाई खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय रानीले बताएका छन ।

बिहान र बेलुकी जोगबनी जानेको ताती
महामारी को चेन ब्रेक गर्न निषेधाज्ञा संग संगै भारत बाट आउने संक्रमितहरुलाई पनि पहिचान गरी उपचारको दायरामा ल्याउने तयारी हुदाहुदै पनि सिमामा दैनिक बिहान र साझ नेपाल भारत ओहोर दोहोर गर्नेहरुको ताती लाग्ने गरेको छ । भारतको जोगबनी समेत बन्द भैइसकेको हुदा पनि सिमावर्ती एरिया इश्लामपुर, मटियरुवा र दरैया बाट स्थानियहरुको आडमा सयकडौ मान्छेहरु जोगबनि प्रवेश पाउने घुईचो लागाउने गरेको देखिन्छ । खुला सिमाको फ़ायदा उठाउदै विभिन्न ठाउहरु वाट हाम फ़ालेर जोगबनि पुग्ने र फ़र्किने गरेका छन ।

सय, दुई सय, पाच सय रुपैया लिएर मान्छे कटाउछन स्थानिय
भारत बाट आउने अज्ञात संक्रमित व्यक्तीहरुको पहिचानका लागी रानी मुख्य भन्सारको नाका बाट एन्टीजेन परिक्षण गराई सहजै रुपमा नेपाल आउने व्यवस्था रहदा रहदै पनि नेपाल आउन खोज्ने धेरै लाई भारतिय नागरिकहरुले मुख्य नाकामा झन्झटिलो प्रक्रिया भएको र क्वारेनटाईन आईसोलेसनमा राखिदिन्छ भनी डर देखाई सय, दुई सय, पाच सय रुपैया लिएर प्रहरीलाई छल्दै अन्य वैकल्पिक बाटोहरु बाट नेपाल पठाउने गरेको पाईन्छ ।

मान्छे कटाउन बनाएको ५ वैकल्पिक बाटो प्रहरीद्वारा हटाईयो

अवैध रुपमा रकम लेनदेन गरेर मान्छे कटाउन भारतीयहरुले बच्चाहरुको प्रयोग गरी बनाएको वैकल्पिक बाटो हरु प्रहरीले हटाएका छन । बिराटनगर १७ को मटियरुवा देखी इश्लामपुर सम्म ५ ठाउमा बनाएको वैकल्पिक बाटोहरु प्रहरीले हटाएका छन भने दरैयामा रहेको वैकल्पिक बाटोहरुमा बर्खाको पानी भरेर बन्द भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्