१४ बैशाख २०८१, शुक्रबार
Tags

ईप्रका रानीद्वारा १४ ग्राम ब्राउनसुगर सहित ६ जना पक्राउ गरी अनुसन्धान गर्दै

रणभूमी डेस्क शुक्रबार, भाद्र १०, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले १४ ग्राम ६१ मिलिग्राम प्रतिबंधित लागुऔषध ब्राउनसुगर जस्तो देखिने प्रदार्थ सहित ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

शुक्रवार साँझ ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरीलाई लागुऔषध बेच बिखन भईरहेको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी बाट प्रहरी निरीक्षक महेन्द्र दर्नाल सहितको टोलीले विराटनगर -१४ स्थित एक घरमा छापामारी गर्दै उक्त परिमाणको लागुऔषध र एक थान डिजिटल तराजु सहित बेच बिखन गर्ने महिलालाई पक्राउ गरेकाे हो ।

प्रहरीलाई बिराटनगर -१४ मण्ठा पोखरी छेउ बस्ने बिपिन शर्माको घरमा डेरा गरी बसिरहेकी सुनसरी जिल्ला रामधुनी नगर पालिका -८ बस्ने बर्ष २७ की स्वरस्वती गुरुङले भाडा लिएको कोठामा लागुऔषध बेच बिखन गरिरहेको गोप्य सुचना प्राप्त भएको थियो । सोही क्रममा प्रहरीले स्वरस्वती गुरुङ लगाएत सोही ठाउँ नजिकै बाट अन्य ५ जना मानिसहरू सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगडी नगरपालिका १० बस्ने बर्ष २६ को बिकाश थापा, मोरङ्ग जिल्ला बिराटनगर महानगर पालिका -१५ बस्ने बर्ष २४ को बरुण साह, मोरङ जिल्ला बिराटनगर महानगर पालिका ३ बस्ने बर्ष ३० को आषिष हमाल, सुनसरी जिल्ला धरान उप-महानगर पालिका -१३ बस्ने बर्ष ३० को सुलभ रिजाल, र सुनसरी जिल्ला धरान उप-महानगर पालिका २० बस्ने बर्ष २३ को रोशन लिम्बुलाई पक्राउ गरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । थप विवरण आउन बाँकी ।

यहाँ कमेन्ट गर्नुहोस्