०८ बैशाख २०८१, शनिबार
Tags

सुनौलो अवसर युवा क्लबद्वारा मिल्स एरियामा हाजिरी जवाफ प्रतयोगिता

रणभूमी डेस्क आइतबार, भाद्र १९, २०७९

विराटनगर / सुनौलो अवसर युवा क्लबले शनिवार विराटनगर महानगर पालिकाको मिल्स एरियामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेका छन् ।

विराटनगर -१६ स्थित रानी युवा क्लबको प्राङ्गणमा आयोजना गरिएको हाजिरी जवाफ कार्यक्रममा मिल्स एरियामा रहेको ६ वटा निजी तथा सामुदायिक विद्यालयहरु मिल्स मावि, ओर्चिड स्कूल, दिव्य ज्योति स्कूल, स्टार स्कूल, राईजिङ नेपाल स्कूल र मनोकामना स्कूल हरु सहभागी भएका थिए ।

सुनौलो अवसर युवा क्लबले विद्यार्थीहरूको दक्षता वृद्री गर्न उक्त कार्यक्रमको आयोजना गरेको क्लब का अध्यक्ष मो. इमरान ले बताए ।

कार्यक्रम नेपाली कांग्रेस १ नं प्रदेश कोषाध्यक्ष राजेश गुप्ता तथा विराटनगर महानगर पालिकाको १८ नं वडा का वडा अध्यक्ष प्रकाश शाहको प्रमुख तथा विशिष्ठ आतिथ्यमा सञ्चालन भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्