१३ बैशाख २०८१, बिहिबार
Tags

मिल्स भेट्रान क्लबद्वारा जुटमिलको खेल मैदानमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने

रणभूमी डेस्क सोमबार, भाद्र २७, २०७९

विराटनगर / बिराटनगर जुट मिलको खेल मैदानमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

मिल्स भेट्रान क्लबको आयोजनामा बिराटनगर – १६ स्थित जुटमिलको खेल मैदानमा फुटबल प्रतियोगिता हुने खेल संयोजक मनोज खड्काले बताए ।

मिल्स एरियाका भुतपूर्व खेलाडीहरु द्वारा स्थापना गरिएको मिल्स भेट्रान्स क्लबले दिर्घकालिन रुपमा फुटबल खेल द्वारा शारिरीक विकासको लागि “ यूवा अवस्थाको स्मृति र आजको रहर ” भन्ने नाराका साथ पूरानो खेलाडी साथीहरु भेटघाट गर्ने र नया पुस्ताका खेलाडीहरुलाई प्रोत्साहन गर्नको निम्ति फुटबल प्रतियोगिता आयोजना गरि हो।

मिल्स भेट्रान्स क्लबले ग्रासरुटका ९० जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने कार्य भई रहेको र उनीहरुलाई खेल्ने खेल सामाग्रीको सुविधा दिदै खेलकुद जगतमा स्वास्थ्यको लागि खेलका माध्यमबाट राष्ट्रको पहिचान गराउने उद्येश्यका साथ मिल्स भेट्रान्स गोल्डकप २०७९ प्रतियोगिता आयोजना गर्न लागेको संयोजक खड्काले बताएका छन्।

मिल्स भेट्रान फुटबल प्रतियोगिता २०७९ मा मिल्स भेट्रान्स क्बल रानी, मर्निङ्ग भेट्रान्स क्लब, यूनाईटेड भेट्रान्स क्लब, दुहबी भेट्रान्स क्लब, हाम्रो धरान भेट्रान्स क्लब, दुलारी भेट्रान्स क्लब, भरौल भेट्रान्स क्लब, राजघाट भेट्रान्स क्लब, दमक – लखनपुर भेट्रान्स क्लब र विर्तामोड भेट्रान्स क्लब गरी १० वटा भेट्रान क्लबहरुको सहभागिता रहने छ। जसमा प्रथम हुने खेलाडी समूहलाई ५१ हजार १ साय ११ रुपैयाँ नगद राशी सहित शिल्ड प्रदान गरिने छन् भने त्यही दोश्रो हुने क्लबलाई ३१ हजार १ साय ११ रुपैयाँ तथा शिल्ड प्रदान गरिनेछ साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच दिइने आयोजकले बताए ।

मिल्स भेट्रान फुटबल प्रतियोगिताको लागि जनता समाजवादी पार्टी नेपालको मोरङ्ग जिल्ला अध्यक्ष राजकुमार यादवले ५१ हजार रुपैयाँ नगद सहयोग गरेको खेल संयोजक खड्काले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्