१४ बैशाख २०८१, शुक्रबार
Tags

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नाबालकको साथ बाट फेला पार्यो लागुऔषध

रणभूमी डेस्क शुक्रबार, भाद्र ३१, २०७९

विराटनगर / लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर १५ स्थित रानी भन्सार नाकाबाट एक नाबालक को साथ बाट १५० थान प्रतिबंधित लागुऔषध नार्इट्रोजेपाम सहित नियन्त्रणमा लिएको छ।

विहीवार साँझ साढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटेको प्रहरी टोलीलाई शंका लागि चेक जाच गर्दा उक्त नाबालकको शरीरमा सेट गरी नेपाल ल्याउँदै गरेकाे लागुऔषध फेला पारी नियन्त्रण लिएको थियो ।

नाबालकलाई प्रतिबंधित लागुऔषध ओसार्न भरिएको रुपमा प्रयोग गर्ने व्यक्तिको खोजी तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्