०९ आश्विन २०७९, आइतबार
Tags

भन्सार क्षली गरेको ४० लाख बराबरको सामान राजश्व अनुसन्धान कार्यालय दाखिला

रणभूमी डेस्क सोमबार, आश्विन ०३, २०७९

विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटेको टोलीले विराटनगरको रोड शेष चौक बाट भन्सार क्षली अवैध रुपमा नेपाल ल्याएको अन्दाजी ४०, लाख मूल्य बराबरको सामान ट्रयाक्टर सहित नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ।

शनिवार ३ बजेर ५० मिनेटको समयमा बिराटनगर महानगरपालिका वडा नं.-१२ रोडशेष चौकमा भारतबाट नेपालतर्फ बिआर ३८ बी २३७८ नम्बरको ट्रयाक्टरमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं.-१ बस्ने ट्रयाक्टर चालक बर्ष १९ को रमेश यादवले राजश्व चुहावट गरी लत्ताकपडा लगायतका ट्रयाक्टर सहित अन्दाजी रू. ४०,००,०००।- (चालिस लाख) को सामान ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्