१५ बैशाख २०८१, शनिबार
Tags

लागुऔषध नियन्त्रण ब्युरोको टोलीद्वारा रानी नाका बाट ३३ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

रणभूमी डेस्क शनिबार, आश्विन २९, २०७९

विराटनगर / लागुऔषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले विशेष सूचनाको आधारमा चेक जाँचको क्रममा रानी नाका बाट ३३ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शनिवार दिउँसो साढे ३ बजेको समयमा भारतको जोगवनी बाट दुई जना सवार को २४ प ४४५१ नम्बरको मोटरसाइकलमा प्रतिबंधित लागुऔषध ब्राउन सुगर नेपाल ल्याउँदै गरेकाे विशेष सूचनाको आधारमा ब्युरो बाट खटेको टोलीले विराटनगर -१५ स्थित रानी भन्सार नाकाबाट नियन्त्रणमा लिएको थियो। उक्त मानिसहरूलाई चेक जाँच गर्दा ३३ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर लुकाई ल्याइरहेको अवस्थामा फेला पारेको थियो। यसरी पक्राउ परेका मानिसहरुमा मोटरसाइकल चालक सुनसरी जिल्ला ईटहरी उप महानगर पालिका २ बस्ने बर्ष ३२ को लेखनाथ ढुङ्गाना र मोटरसाइकलमा सवार सुनसरी जिल्ला ईटहरी उप महानगर पालिका ३ बस्ने बर्ष ३३ को अजित कुमार धामीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्