१५ बैशाख २०८१, शनिबार
Tags

छठघाटमा बिजुलीको तार खसेर भयो दुर्घटना, अरुलाई बचाउने प्रयासमा एक मुस्लिम महिलाको मृत्यु

रणभूमी डेस्क सोमबार, कार्तिक १४, २०७९

भारत / मोरङ्गको छिमेकमा रहेको भारतको जिल्ला अन्तर्गत भार्गमा थाना इलाकाको वीरनगर पश्चिम कदमहा वडा नं ५ को छठघाटमा बिहान अर्घको बेला बिजुलीको हाईभोल्टेज तार चुडिएर छठ हेर्न आएकी गाउँकी एक महिलाको मृत्यु भएको छ भने केही बाल बालिकाहरू चिन्ताजनक अवस्थामा रहेको छ ।

छठ घाटमा जतिखेर सबै व्रतालु श्रद्धालु भक्तजनहरु सुर्याउँदैको प्रतिक्षामा थिए सोही समय अचानक घाट माथि रहेको बिजुलीको हाईभोल्टेज करेन्टको तार पोल बाट शट भई जमिनमा खस्न गएको थियो । तार खसे पछि त्यही छठ पूजा हेर्न भनेर आएकी भार्गमाकै स्थानिय ४५ वर्षिय महिला सबाना खातुनले अन्य भक्तजनहरुलाई बचाउन उक्त तार हटाउने हुँदा हाईभोल्टेज करेन्टका कारण उनको मृत्यु भएको थियो ।

घटना हुँदा उक्त स्थानमा दुई सय भन्दा बढी मानिसहरू त्यहाँ रहेको र सविना खातुनले ज्यान दिएर ठुलो अप्रिय घटना रोकिने प्रयास गरे पनि ६ जना बच्चाहरु करेन्टको चपेटामा आएर गम्भीर अवस्थामा रहेको भर्गामा पुलिस चौकी अररियाले जनाएको छ । जस मध्ये २ जना बच्चाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताईएको छ ।

घटना स्थानमा पुगेका भाजपाका पूर्व जिल्ला अध्यक्ष चन्द्रशेखर सिंह बब्बनले विद्युत विभागको लापरवाही भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

उक्त घटना विहान ४ बजेको समयमा भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्