१४ बैशाख २०८१, शुक्रबार
Tags

तस्करी रोक्ने विषयमा एसएसबी र गाउँलेबीच झडप, एक एसएसबी घाइते, एक जना पक्राउ

राजेश कुमार शर्मा सोमबार, कार्तिक १४, २०७९

जोगवनी / नेपाल भारत सीमामा भारत तर्फ कुढेरिय चन्दमोहन गाउँमा स्थानिय र सीमा सुरक्षा बल एसएसबी सँग तस्करी को सामान नियन्त्रणमा लिने क्रममा झडप हुँदा एक जना एसएसबी जवान घाइते भएका छन् भने एक जना मानिसलाई एसएसबीले नियन्त्रणमा लिएको छ ।

सोमवार विहान ९ बजेको समयमा भएको घटना अररिया जिल्लाको फारबिशगंज ब्लकको चन्द मोहन गाउँको हो, एसएसबी ५६ बटालियनका सहायक कमाण्डेन्ट दीपक कुमारले बताए अनुसार सीमा स्तम्भ नम्बर १७४/२ नजिकै एसएसबीका जवानले दशगजाबाट गहुँले भरिएका दुई ट्याक्टरलाई नेपाल जानबाट रोकेका थिए । तर त्यहाँ दशगजा मा घर बनाएर बसी रहेका मानिसहरूले भीड बनाएर एसएसबी माथि हमला गरी एक जवानलाई घाइते बनाएका थिए । घाईते जवान सुनिल सेन ५६ बटालियनका जवान हुन् । उनलाई उपचारको लागि तत्काल फारबिशगंज अस्पताल लगिएको थियो । एसएसबी ले स्थिति नियन्त्रणमा लिन थप तीन वटा बिअाेपीहरुबाट थप जनशक्ति मंगाई स्थिती नियन्त्रणमा लिएको थियो। गहुँको मालिक बताउने सोही ठाउँको मोहम्मद मेराजलाई पनि एसएसबीले नियन्त्रणमा लिएको छ । करिब ११ टन गहुँ छाडी ट्र्याक्टर चालक फरार भएको बताइएको छ, गहुँलाई एसएसबीले बरामदी मुचुल्का बनाएर क्याम्पमा लगेको बताए ।

फारबिशगंज ब्लक र कुर्साकांटा ब्लकको बीचमा रहेको सोनमणी गोदाम पुलिस थान इलाकाको सिमानामा पर्ने चन्द मोहन गाउँ दशगजा क्षेत्रमा पर्छ, जहाँ मदिरादेखि चिनी, मटरसम्मको तस्करी ठूलो परिमाणमा हुने गरेको एसएसबीको एसएसबी ५६ बटालियनका सहायक कमाण्डेन्ट दीपक कुमार
भन्छन् ।

घटनाको भिडियो तलको लिंकमा हेर्नुहोस्

 

यहाँ कमेन्ट गर्नुहोस्